आयुष्मान र शिल्पाको ‘सानो मन’को मुहूर्त सम्पन्न

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मुख्य अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त सम्पन्न भएको छ । केही दिन अगाडि औपचारिक घोषणा गारिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित रहेको गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै छायांकन सुरु गरिएको उक्त फिल्मको छयांकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन(कट रहनेछ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निर्वाह गर्दै छन् ।

फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ।पि।जी। फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहने फिल्मलाई आलोक शुक्लाले खिच्ने छन् । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.