कलाकारको रहस्यमयी दुश्मनी

सुत्र इन्टरटेन्मेन्ट-  फिल्म प्रवेशको हिसाबले कुरा गर्दा अभिनेता निखिल उप्रेती र विराज भट्टमा निखिल पुराना हुन् । निखिलको मुख्य भूमिका रहेको सिनेमामा सह अभिनेताको रुपमा नेपाली फिल्ममा विराजको प्रवेश भएको हो ।

तर, निखिल र विराजको धार द्धन्द्ध नै भएकाले गर्दा उनीहरुविच दुश्मनी रहेको चर्चा भयो । विराज र निखिल समकालिन मात्र नभएर एउटै कुरामा बढी फोकस हुने भएकाले पनि उनीहरु विच दुश्मनी छ भन्ने चर्चा भएको हो ।

विराज र निखिलमा को नम्बर १ भन्ने लडाई पनि चलेको चर्चा हुन्छ । यतिसम्मकि, विराज निखिल नेपाली सिनेमा क्षेत्रमा कमब्याक भएपछि आफूलाई पनि कमब्याक गराउनका लागि दौडिएको घटना अहिले पनि चर्चामा छ । तर, विराज निखिल आफ्नो सिनियर भएको बताउँछन् र आफूहरुको दुश्मनी नरहेको बताउँछन् । तर, यी दुई कलाकारको दुश्मनी नेपाली फिल्ममा रहस्यमै रह्यो ।

दुश्मनीकै कुरा गर्ने हो भने अभिनेता रमेश उप्रेती र दिलिप रायमाझीको पनि नाम आउँछ । दिलिप रायमाझीको प्रवेशसँग रमेश उप्रेतीको स्टारडम कमजोर बन्यो । दिलिपले सस्तोमै सिनेमा खेल्ने र रमेशले महंगो पारिश्रमिक माग्ने भएकाले पनि उनीहरुबिच दुश्मनी भएको चर्चा चलेको हो ।

रमेशले महंगो पारिश्रमिक माग्दा हातबाट फुत्काएको भूमिका दिलिपले सस्तोमा गरिदिदा उनीहरुविच दुश्मनी रहेको चर्चा भयो । तर, यी दुइविचको मनमुटाव सत्य थियो या हल्ला रहस्यमै छ ।

अभिनेता राजेश हमाल र भूवन केसीको दुश्मनीको कुरा त नौलो रहेन । अभिनेता भूवन केसीलाई अभिनेता राजेश हमाललाई महानायक भनिएको फिटिक्कै मन परेको छैन । भूवन केसी महानायक हुनका लागि सिनेमा हिट दिएको हुनुपर्ने बताउँछन् । तर, हमालको भन्दा भूवनको हिट फिल्मको संख्या धेरै छ ।

यसैले पनि हमाललाई महानायक भनिएकोमा भूवनले बारम्बार आपत्ती जनाउँदै आएका छन् । यी दुइविच पनि स्टारडमको लडाई रहेको चर्चा हुने गर्दछ । तर, भूवन र राजेश दुबैले यो कुरा स्विकार भने गरेका छैनन् ।

नेपाली कलाकारको दुश्मनी रहस्यमयी अहिले पनि छ । अभिनेता अनमोल केसी र अभिनेता प्रदिप खड्काविचको दुश्मनीको चर्चा अहिले पनि हुन्छ । दुई कलाकारमा अहिले को नम्बर १ भन्ने देखिन्छ ।

यही भएर पनि उनीहरु एक अर्कालाई मुख्य प्रतिस्पर्धी मान्दै आएका छन् । यो कारणले पनि दुइ कलाकारविच दुश्मनी रहेको र उनीहरुको सम्बन्ध राम्रो नरहेको वुझिन्छ ।
यो दुश्मनी पनि रहस्यमयी नै छ । दुई कलाकारको दुश्मनी हो या प्रतिस्पर्धा मात्र, वुझ्न सकिएको छैन ।

अभिनेत्री पूजा शर्मा र अभिनेत्री आँचल शर्माविचको दुश्मनी पनि नेपाली फिल्ममा अर्को चर्चित दुश्मनी हो । यी दुई कलाकारले एकसाथ काम गरेका छैनन् । तर, अभिनेता पल शाहले पूजासँग सिनेमा खेलेपछि आँचल र पूजाको दुश्मनी सुरु भएको चर्चा छ ।

आँचलले पूजालाई नै लक्षित गरेर लेखेका केही स्टाटसले पनि यो कुरा प्रष्ट पार्दछ । तर, दुबैले आफूहरुविच दुश्मनी छ भनेर अहिलेसम्म भन्ने गरेका छैनन् । तर, दुई अभिनेत्री एक अर्काको अघि पर्न भने चाहँदैनन् ।

यसरी नेपाली कलाकारको केही सम्बन्ध नवुझिने खालको छ । उनीहरुको सम्बन्धको अर्थ वुझ्न फिल्मीकर्मीले पनि सकेका छैनन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.