के मिस नेपालको अर्थ नै मेकअप हो त !

कोरियोग्राफर तथा मिस नेपालकी प्रशिक्षक रचना गुरुङ अहिले विवादमा मुछिनुसंगै ट्रोलको शिकार बनेकी छिन । केहि दिन अगाडीबाट जारी मिस नेपालको अडिसनमा उनले एक युवतीलाई मेकअप नलगाई अडिसनमा आएको साथै आखामा पावरवाला चस्मा लगाएर मिस नेपाल नामक प्रतियोगिताको नै बेइजत गरेको भन्दै थर्काएकी थिन ।

सो भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ । सोहि कारण अहिले उनको विभिन्न किसिमको आलोचन हुनुको साथै उनलाई ट्रोल समेत बनाइएको छ ।

युवतीले मैले मेकअप सिकिराखेको र बाटोमा हुने धुलो धुवा(पोलुसन)का कारण लेन्सको सट्टा चस्मा लगाएको जसले मलाई सहज महसुस गराउछ भन्दा भन्दै पनि रचनाले उनलाई मेकअप नगरेर प्रतियोगिताको नै बेइजत गरेको र मेकअप नगर्ने मान्छे मिस नेपालको प्रतियोतीमा जाने निर्णय गर्यौ भन्दै थर्काएकी थिन ।

उनका भनाई अनुसार हामीले यो बुझन सक्छौ की मिस नेपालको अर्थ नै मेकअप हो । जसले धेरै मेकअप गर्छ त्यो नै हुन्छ मिस नेपाल । जसले मेकअप गर्दैन तर ऊ भित्र धेरै ट्यालेन्ट छ । जसले समाज, राष्ट्रको प्रतिनिधित्व गर्न सक्छ भने पनि त्यो मिस नेपाल प्रतियोगितामा सहभागी हुन मिल्दैन ।

रचनाका अनुसार, मिस नेपालमात्र नभएर मिस अथवा कुनै पनि ब्युटी सम्बन्धि प्रतियोगितामा मेकअप बिना सहभागी हुन मिल्दैन ।

 

 

 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.