क्यानडा पछि म्यान्मारमा छक्का पञ्जा ३

नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रदर्शन सुरु गरेको छ । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने छ ।

रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीका अनुसार, यसको सुरुवात नेपाल तथा विभिन्न देशहरुमा व्यापारिक हिसावले सर्वाधिक सफल मानिएको चलचित्र छक्का पञ्जा ३ बाट गर्न लागिएको हो । रेडियो अडियोले चलचित्र छक्का पञ्जा ३ को क्यानडा प्रदर्शनको जिम्मा लिइसकेको छ ।

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण पनि सिनेमा प्रदर्शन गर्न लागिएको र ‘अधकांशसिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दापनि नेपालीसिनेमालाई माँयागर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोजेकाहौ’ निर्देशक अधिकारीले बताए ।

कमेडी जनरामा निर्माण भएको फिल्मलाई दिपाश्री निरौला निर्देशन गरेकी हुन । फिल्ममा यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारहरु मुख्य अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
यस कारण छाडे अनमोलले ‘ब्याचलर बन्टी’

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.