गोपी र रणवीरको अघि कमजोर देखियो सय कडा दश

सुत्र इन्टरटेन्मेन्ट-  शुक्रबारबाट ३ वटा नेपाली सिनेमा रिलिज हुँदैछन् । ३ वटा सिनेमा रिलिज हुँदा चर्चा कसको कती छ भन्ने पनि देखिन्छ । चर्चा बटुलेका सिनेमाले इनिसियल व्यापारमा बाजी मार्छन् भन्ने विश्वास गरिन्छ ।

यो साता ३ वटा सिनेमा चल्दैछन् । गोपी, रणवीर र सय कडा दश । यी ३ सिनेमामध्ये सय कडा दशको प्रचार प्रसार कमजोर मात्र देखिएको छैन सुनसान नै छ ।

राजाराम पौडेल कार्यकारी निर्माता रहेको यो सिनेमाका कलाकारमा मनोज गजुरेल बाहेक अरु ३ जना कलाकार दर्शकको नजरमा परेका छैनन् । करुणा श्रेष्ठ, अमित ढुंगाना लगायतका कलाकारले सिनेमाको उचाइमा खासै सहयोग गर्न सकेनन् ।

प्रेमगीत २ जस्तो लभस्टोरी सिनेमा बनाएका रामशरण पाठकले यसपटक प्रेमलाई भ्रष्टचारसँग जोडेका छन् । यसैले पनि यो कथावस्तुमा दर्शकको रुची खासै देखिएको छैन ।

गोपी र रणवीरका निर्माताले प्रचारलाई अन्तिम समयसम्म लैजादा सय कडा दशकका निर्माता सुनसान हुनुले पनि दर्शकसम्म सिनेमा पुग्न नसकेको चर्चा फिल्म क्षेत्रमा छ ।

सिनेमा आएको र गएको थाहा नहुने अवस्था नेपाली सिनेमाका लागि नयाँ होइन । सय कडा दश पनि यस्तै हुने हो कि ?

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.