चितवनमा ‘रणवीर’टिम

माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रणवीर’अहिले फिल्मको मोफसल यात्रामा व्यस्त रहेको छ । यसैक्रममा फिल्म निर्माण टिम मंगलबार चितवन पुगेको छ । फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी , कलाकारहरुमा नरेश पौडेल , सुशील सिटौला , सुबेक्षा खड्का र सुपुस्पा भट्टलगाएतले चितवन स्थित सञ्चारकर्मीसँग भेटघाट गरेका छन् । कार्यक्रममा सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए ।

पत्रकार सम्मेलनमा सुपुस्पाले पनि फिल्म डेब्युलाई प्रस्ट्याइन । साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसै फिल्मबाट डेब्यु गर्दै्छिन् । फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

सुशील सिटौला ,सुबेक्षा खड्का र सुपुस्पा भट्टले पनि फिल्मको लागि निकै मेहेनत गरेको र यो फिल्मले सम्पूर्ण दर्शक माझ छाप छाड्ने बताएका छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.