चैत्र २८ बाट ३ दिने ‘मिडिया एक्स्पो’सँगै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुदै

‘मिडिया कम्यूनिकेशन र एडभटाइजिंग एक्स्पो’को आयोजना हुने भएको छ । आगामी अप्रिल ११,१२ र १३ अर्थात चैत्र २८ गतेबाट ३० गतेसम्म काठमाडौंको प्रद्शनिमार्ग भिर्कुटिमण्डप स्थित ३ दिने एक्स्पो कार्यक्रम हुन लागेको हो ।

आइतबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै, एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनिको आयोजना हुन लागेको उक्त कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र यसका लागि देश तथा विदेशबाट सहभागहरु थपिने क्रम जारीरहेको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै आयोजक कम्पनिका कार्यकारी निर्देशक डम्बर शाहुले यस प्रकारको मेला नेपालमै पहिलो पटक आयोजाना हुन लागेको बताए । यसबाट यही सम्बन्धि उधोगको विकासमा टेवा पुग्ने र ३ दिने मेलासंगै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन समेत हुने उनले बताए ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.