‘लभ स्टेशन’को पोस्टमा छल्कियो जसिता र प्रदिपको रोमान्स

चैत्र २२ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘लभ स्टेशन’को फस्ट लूक पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको उक्त ४ पोस्टरमा फिल्मका मुख्य दुई पात्र जसिता गुरुङ र प्रदिप खड्कालाई देखाई छ । जसमा यि दुई निकै रोमान्टिक मूडमा देखिएका छन ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.