‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक

बैशाक १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा हरिवंश आचार्य, नीरुता सिंह,आचल शर्मा र पुष्प खड्का निकै रमाई रहेको देखिएको छ ।

गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर, हरिवंशकै शब्द, शम्भुजित बास्कोटाले संगीत रहेको छ ।

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.