‘दालभात तरकारी’को ‘भिजिट भिसामा’

बैशाक १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’मा समावेश ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त गीतमा हरि बंश आचार्य,निर्रुता सिंह, वर्षा राउत,आंचल शर्मा, पुष्प फिचर्ड रहेका छन् ।

गीतमा हरि बंश आचार्य शब्द, सम्बुजित बास्कोटाको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ

किरण केसीको प्रस्तुतिमा मह संचारको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशन हो ।

‘शत्रु गते’ कै सम्पूर्ण टिम रहने फिल्म ‘दाल भात तरकारी’ मा पनि मल्टिस्टारर कलाकारहरुको बाहुल्यता छ । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आचल शर्मा , वर्षा राउत, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.