दुर्गेश र पुर्णिमाको अभिनयमा समिर बाबुको ” कति राम्री ” ( हेर्नुस भिडियो )

नेपाली युवामाझ छुट्टै छाप छोड्न सफल गायक समिर बाबुको नयाँ गीत बजारमा आएको छ । उनले ‘कति राम्री’ बोलको गीत बजारमा ल्याएका हुन् । उनको गीतमा मायामा परेका जोडीमध्ये प्रेमिले प्रेमिकाको प्रसंसा गरेको प्रष्टै देख्न सकिन्छ ।

उनले ‘कति राम्री’ लाई म्युजिक भिडियोको रुपमा बजारमा ल्याएका हुन् । गीतमा डंगुरे देवराजको शब्द रहेका छन् भने समिरले आफ्नै संगित भरेका छन् । गीतमा निकै चर्चित मोडल तथा गायक दुर्गेश थापाको दमदार अभिनय रहेको छ ।

दुर्गेशसँगै म्युजिक भिडियोमा पुर्णिमा लामा र रंञ्जिता विश्वकर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । समिर बाबुले आफ्नै युट्युव च्यानल मार्फत म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.