धुर्मुस सुन्तली फाउण्डेसनलाई लभ स्टेसनको सहयोग

चैत्र २२ गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेसन’ निर्माण टिमले धुर्मुस सुन्तली फाउण्डेसन मार्फत चितवनमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ नगद रु ५०,००० सहित फिल्म प्रदर्शन पश्चात आम्दानीको ५ प्रतिशत प्रदान गर्ने भएको छ । काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फिल्मका निर्माता गोविन्द शाही र नायक प्रदीप खड्काले उक्त घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै निर्माता शाहीले धुर्मुस सुन्तलीलाई देश तथा विदेशमा फिल्मको च्यारिटी शो गर्दै च्यारिटीबाट उठेको सम्पूर्ण रकम धुर्मुस सुन्तली फाउण्डेसनको सामाजिक कार्यमा खर्चन समेत अनुरोध गरे । नायक खड्काले आफुहरुले गरेको सहयोग फिल्म प्रचारका लागी वा कुनै स्वार्थ प्राप्तीका लागी नभएको बताए । यस्ता सामाजिक कार्यमा र सामाजिक अभियान्ताहरुले देखाएको अग्रसरतामा आफु सहभागी हुन पाउँदा खुसी लागेको उनको भनाई थियो ।

प्रदीप खड्का, जसिता गुरुङ, प्रकाश शाह लगायतको मुख्य भूमिका रहेको लभ स्टेसन प्रेम कथामा आधारित रहेको छ । फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.