युएईमा ‘धुर्मुस–सुन्तली साँझ २०७६’ हुदै

‘धुर्मुस–सुन्तली साँझ २०७६’को आयोजना हुने भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले युएईमा धुर्मुस–सुन्तली साँझको आयोजना गर्न लागेको हो ।

रंगशालामा निर्माणका लागि विभिन्न संघ-सस्था तथा विदेशमा भएका नेपालीहरुबाट सहयोग रकम जुटाउनका लागी अप्रिल २६ तारिकका दिन दुबईमा उक्त कार्यक्रम गर्न लागिइएको हो ।

आयोजित कार्यक्रममा धुर्मुस, सुन्तलीका अलावा पुष्पन प्रधान, मेलिना राई, फ्युजन डान्स ग्रुप र युएईमा क्रियाशिल नेपाली कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिईनेछन ।

यस अघि मलेसियामा धुर्मुस–सुन्तली साँझको आयोजना गरिएको थियो । करिब तीन अर्बको लागत अनुमान गरिएको रंगशाला चितवनमा बनिरहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.