नम्रताको ‘जाईरा’को प्रदर्शन मिती तय

नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा निर्वाहा गरेको  फिल्म ‘जाईरा’को प्रर्शन मिती तय भएको छ  । फिल्म श्री कृष्ण जन्माष्टमीको अवसर यहि भदौ ६ गतेबाट प्रर्शन हुनेछ ।

एक महिलाले लिने प्रतिशोधको कथामा बनेको फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् ।

एक्शन प्रधान ‘जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ुजाईराुलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डि।ओ।पी। बाबु श्रेष्ठको रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.