नाजिरको संसार बन्दै शिल्पा

चैत्र ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कागज पत्र’को गीत सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण ‘माया संसार’बोलको गीत सार्वजनिक गरेको हो ।

हेरेचुलेस बस्नेतको स्वर तथा शब्द ,रिकेश गुरुङको एरेन्ज रहेको गीतमा नाजिर हुसेन र शिल्पा मास्के फिचर्ड रहेको छन ।

सार्वजनिक गीतमा व्यक्तिको प्रेम तथा वैवाहिक जीवनमा आउने विभिन्न उताब चडाबलाई देखाउन खोजिएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.