नेपाली फिल्मलाई हलसम्म पुर्याउन नै धौ धौ

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा चलेका कलाकार र वुझेका निर्माता हुन् भूवन केसी । भूवन केसीले बर्षमा एउटा सिनेमा बनाउने कोशिश गर्छन् । भूवन केसी जस्ता निर्मातालाई सिनेमा हलमा ल्याउन धौ धौ भयो । कारण थियो, समस्या नै समस्या ।

भूवन केसीले बनाएको सिनेमा क्याप्टेन अधकल्चो हलमा आएको हो । सिनेमाको धेरै काम सकिएको थिएन । सिनेमा हलमा बल्ल बल्ल आयो । तर, आलोचना पनि भोग्यो, जुन आलोचना स्वभाविक नै थियो ।

प्राविधिकहरुले समयमा काम नगरिदिएपछि भूवन केसी आलोचित भए । तर, भूवन केसी आलोचीत हुँदै गर्दा धेरै ढिला भैसकेको थियो ।
कुरा भूवन केसीको मात्र होइन । नेपाली सिनेमालाई सहजै हलमा ल्याउन गाह्रो छ । यदि, कुनै निर्माताले सहजै हलमा सिनेमा रिलिज गर्छ भने त्यो भाग्यमानी नै हो ।

सिनेमा हलमा सहजै नआउनुको पछाडि २ वटा कारण छन् । एउटा प्राविधिक कारण, अर्को राजनीतिक कारण । सुवास गिरी जस्ता वुझेका र भूवन केसी जस्ता चलाख निर्मातालाई कृ नामक सिनेमा हलमा ल्याउन सहज भएन । उनीहरुले बारम्बार सिनेमाको रिलिज डेट सारेका थिए । बारम्बार रिलिज डेट सारेर अन्तिम समयमा मात्र सिनेमा रिलिज भयो ।

निर्देशक दिनेश डीसीले सिनेमा मायाज बारमा भोगेको समस्या पनि यही थियो । उनले, सिनेमा रिलिजको बिहानसम्म प्राविधिक काम सकेका थिएनन् ।
यसैले नेपाली सिनेमाको प्राविधिक काममा अहिले ढिलासुस्ती बढेको छ । जसको प्रत्यष प्रभाव हलमा सिनेमामाथि उठ्ने प्रश्न चिन्ह पनि हो ।

अर्को छ राजनीतिक कारण । हलमा सिनेमा नै ल्याउन नदिन गरिने राजनीति झनै भयानक छ । सिनेमा जय भोले र छक्का पन्जाको राजनीति पनि उस्तै थियो । सिनेमा दि ब्रेकअप र क्याप्टेनको राजनीति पनि उस्तै थियो । अहिले यात्रा र ए मेरो हजुर ३ मा पनि यस्तै समस्या छ ।

निर्माताले हलमा सिनेमा ल्याइसकेपछि दर्शकले टिकट काटेर हेरेर दिने प्रतिक्रियालाई स्विकार गर्न जरुरी छ । तर, पर्दा पछाडि उसले र उसको टिमले भोग्ने समस्या विकराल छ ।

विदेशी सिनेमाबाट हुने थिचोमिचो, वितरकको राजनीतिक, निर्माताकै राजनीतिकदेखि थुप्रै समस्याका बाबजुत नेपाली सिनेमा हलमा रिलिज हुन्छन् ।
अहिले त यस्तो अवस्था आएको छ कि, एउटा सिनेमा असफल भयो भने १ लाख रुपैयाँ पनि हलबाट उठ्दैन । यो विकराल अवस्थामा पनि जोखिम मोलेर निर्माताले सिनेमा बनाइरहेका छन् ।

नेपालमा बन्ने करिब १० प्रतिशत सिनेमा त छायांकनका क्रममा नै बन्द हुन्छन् । निर्माताको पैसा सकिनु, कलाकारले धोका दिनु, छायांकनमा लापरवाही हुनु लगायतका कुराले पनि सिनेमाको काम विचमै रोकिन्छ । यसैले एउटा सिनेमा हलसम्म ल्याउनु सहज काम भने होइन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.