पुन फिल्म निर्माणमा “दीपक मनाङ्गे”

प्रदेश न ४ ‘ख’का प्रदेश सभा निर्वाचित सांसद राजीव गुरुङ “दीपक मनाङ्गे” पुन फिल्म निर्माण गर्ने भएका छन् । अनटाइटल प्रोजेक्टलाई ‘तिमि सँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार मनाङ्गेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई फिल्म साइन समेत गराएका छन ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन । भने, कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् ।कलाकार तय भैनसकेको फिल्मले विवाह पछिको दम्पतिको प्रेमकथा भन्छ । निर्देशकले यसलाई ‘सोसल ड्रामा’ भनेका छन् ।

फिल्मको प्रि-प्रोडक्सन भित्र १ गीत रेकर्ड भैसकेको छ । भने, स्क्रिप्ट पनि लगभग अन्तिम चरणमा छ । ‘अब कलाकार चयनको काम चलिरहेको छ । विवाह पछाडीको प्रेम भएकाले फिल्ममा अलि पाको उमेरको कलाकार खोजिरहेका छौँ ।’ निर्देशक राणाले भने । चैत अन्तिम तिरबाट छायाँकन जाने लक्ष्य लिएको फिल्मको बाँकी टिम प्रेसमिट गरेर सार्वजनिक गरिने राणाले बताएका छन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.