प्रचारप्रसारका लागि चितवनको गाई फर्ममा ‘गोपी’ टिम

शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दैमा पुगेका छन् । २०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले फिल्मको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए ।

‘ छोरा भाइले पहिला फिल्मको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि केहो भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा फिल्म बनाएछन् भन्ने लाग्यो?। आज उहाँहरुसँग भेटेर उहाँहरुको कुरा सुनेपछि त झनै आफ्नै कथामा फिल्म बनेको रहेछ जस्तो लागेको छ,’ गोपीले भने, ‘ मैले त आजसम्म हल टेकेको छैन । पहिलो चोटिआफ्नै नाम र कथामा बनेको फिल्म हेरिन्छ ।’

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ ।


सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.