प्रेम गरेपछि किन लुकाउँछन् कलाकार

सुत्र इन्टरटेन्मेन्ट- आज प्रेम दिवस । प्रेम दिवसलाई प्रेम गर्नेहरुको दिनको रुपमा हेरिन्छ । यसैले पनि आजको दिन प्रेम गर्नेहरुका लागि विशेष छ ।

नेपाली फिल्म क्षेत्रमा पनि प्रेम जोडी धेरै छन् । जसले प्रेम त गरेका छन् तर लुकाउने गरेका छन् । प्रेम गरेपछि किन डराउनु पनि भनिन्छ । तर, प्रेममा रमाएपछि धेरै जोडीले लुकाउने गरेका छन् । संचारमाध्यममा समाचार आउला कि भन्ने डरले धेरैले त प्रेमलाई लुकेरै अगाडि बढाएका छन् ।

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको प्रेम नेपाली फिल्मका लागि नयाँ होइन । उनीहरु फिल्म नाई नभन्नु ल ४ बाट नै सिनेमा वृत्तमा व्यस्त मात्र छैनन्, प्रेममा पनि छन् ।

यी दुइको जोडीलाई रुचाइन्छ पनि । तर, प्रेममा रहेको खबरलाई अहिलेसम्म उनीहरुले बाहिर ल्याएका छैनन् । बरु, आफूहरु साथी मात्र भएको भन्दै उनीहरुले प्रेमलाई टार्दै पनि आएका छन् । तर, उनीहरु गहिरो प्रेममा रहेको खबर सार्वजनिक भएको लामो समय भैसकेको छ ।

प्रेमकै कुरा गर्दै अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ पनि छन् । जसिता र प्रदिपको प्रेमको चर्चा चलेको लिलिबिलीबाट हो । लिलिबिलीका निर्देशकसँग प्रदिपको सम्बन्ध विग्रनुको कारण पनि जसिता नै भएको बताइन्छ । तर, प्रेममा रहेर पनि यी दुइले साथी भन्दा माथि छौ भन्न सकेको छैन ।

यो जोडीलाई प्रेममा रमाउनका लागि खुल्ला स्थान पक्कै पनि सहज छैन । प्रेममा रमाएर पनि लुकाउने जोडी अरु पनि धेरै छन् । कतिपयले प्रेमलाई सार्वजनिक पनि गर्न थालेका छन् । प्रेमको खबर बाहिर आउँदा फ्यान घट्ने डर उनीहरुलाई हुन्छ । यस्तै, यूवायूवतीले मन पराउन छोड्छन् भन्ने पनि उनीहरुलाई लाग्छ । यसैले पनि होला, उनीहरुले प्रेमको खबरलाई सार्वजनिक गर्न चाहँदैनन् ।

तर, प्रेममा रहेर पनि खुलेयाम प्रेमी प्रेमिका हौ भन्ने जोडी पनि सिनेमा क्षेत्रमा छन् । विगत ७ बर्षदेखि प्रेमलाई खुल्ला किताब बनाएर अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतले बिहे गरेका छन् ।

प्रेमलाई खुल्ला किताब बनाउने कुरामा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की पनि छन् । विगत २ बर्षदेखि यो जोडी प्रेममा छ ।
प्रेमको खबरले धेरै कलाकार रंगिने गर्छन् । कतिपयको प्रेम यसै पनि हावामा चल्छ भने कतिपयको प्रेम गहिरो भएर पनि लुक्छ । तर, नेपाली सिनेमाका कलाकार प्रेमको कुरामा भने निकै अगाडि छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.