‘फिङ्गर प्रिन्ट’ को ‘चाहिँदैन भो’

फिल्म ‘फिङ्गर प्रिन्ट’ को ‘चाहिँदैन भो’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले यूटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्की फिचर्ड छन् ।

गीतमा दीपक लिम्बुको स्वर, दयाराम पाण्डेको शब्द, अर्जुन पोखरेलको संगीत  र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

https://youtu.be/cclqk6C8OXM

नवीन निरौलाको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिल श्रेष्ठ र शंकर आचार्य निर्मता रहेका छन् ।

फिल्ममा आयुष्मा र राजका साथमा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म फाल्गुन १० गतेबाट प्रर्दशनमा आउने छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.