फेरी सर्यो विपिनको ‘जात्रै जात्रा’

चर्चित अभिनेता विपिन कार्की अभिनित फिल्म ‘जात्रा’को सिक्कवेल ‘जात्रै जात्रा’को प्रदर्शन मिति पुन परिवर्तन गरिएको छ । यस अघि फिल्म फाल्गुन १७ मा प्रर्दशन हुने भनिएको थियो । तर फिल्मका अभिनेता विपिन कार्कीको बाइक दुर्घटना भएकाले फिल्मको छायांकनमा रुकावट आयो र फिल्म सो मितिमा प्रर्दशन हुन नसकेर फिल्मलाई वैशाख २७ मा सारिएको थियो ।

तर अहिले फेरी सो मितीमा फिल्म प्रर्दशन नहुने भएको छ । फिल्म अब जेठ ३ गते प्रर्दशन हुने भएको छ ।

दिप भट्टराईको निर्देशन रहेको फिल्ममा उनैको कथा रहेको छ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको फिल्ममा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.