भदौमा दयाहाङको ‘नीरफूल’

संचारकर्मी, कवि एवं कथाकार फूलमान वलको निर्देशनमा तयार भएको फिल्म ‘नीरफूल’ को प्रर्दशन मिति तय भएको छ । फिल्म आगामी भदौ २७ गते बाट देशब्यापी प्रर्दशनमा आउने भएको छ ।

भुकम्पले बिछडिएका परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित रहेर निर्माण भएको फिल्ममा कथा, पटकथा र गीत निर्देशक वल स्वयंमको रहेको छ भने फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण भएको फिल्ममा डोमा सोनाम कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा, खेम मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.