ममा स्टार क्वालिटी छैन – सलिन मान बनिया

पछिल्लो समय निकै चासोका साथ हेरिएका नायक हुन् सालीन मान बानिया । उनको डेब्यु अभिनय रहेको फिल्म ए मेरो हजुर २ निकै सफल भएको थियो । सो फिल्मबाट उनले नेपाली फिल्म क्षेत्रमा बलियो उपस्थिती प्रस्तुत गरेका थिए । उनले आफ्नो उपस्थिती बलियो मात्र बनाएनन् स्टार छबी भएका नायकको रुपमा समेत हेरियो । अब उनको दोश्रो फिल्म ‘यात्रा’ यही चैत्र २९ गते देखि प्रदर्शनमा आउँदै छ । यस फिल्ममा उनले डेब्यु नायिका मलिका महतसंग स्क्रिन सेयर गरेका छन् । जर्नी लभ स्टोरी समेटिएको यस फिल्ममा उनी भ्लगरको भूमिकामा देखिँदै छन् ।

‘यात्रा’ प्रदर्शन मिति मै अर्को फिल्म पनि प्रदर्शन हुँदै छ ‘ए मेरो हजुर ३’ । सलिनलाई नेपाली फिल्म क्षेत्रमा डेब्यु गराएकी नायिका तथा निर्देशक झरना थापाको निर्देशन रहेको उक्त फिल्ममा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा मुख्य भूमिकामा छन् । अब सलिनको भिडन्त आफ्नो डेब्यु निर्देशक र नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय नम्बर १ भनिएका नायक अनमोल केसीसंग हुनेछ ।

सुत्र इन्टरटेनमेन्टसंगको अन्तर्वार्तामा दुई स्टारको भिडन्तको रुपमा चैत्र २९लाई लिइएको छ, तपाईले त्यसलाई भिडन्त मान्नु हुन्छ या संयोग भन्ने जिज्ञासामा उनले भने, ‘हामीले यसलाई भिडन्तको रुपमा हेर्नु नै गलत हो । हामी हामी भिड्नु भन्दा पनि मिलेर नेपाली फिल्मका दर्शक बढाउनु राम्रो हो ।’

रह्यो स्टारको कुरा, ‘मेरो केसमा मैले अहिले सम्म आफुलाई स्टारको रुपमा कहिले पनि हेरेको छैन र अहिले सम्म ममा स्टार क्वालिटी छैन । म भर्खर त सिक्दै छु । मलाई केही पनि थाहा छैन । मेरो परिवारको कुनै पनि सदस्य फिल्म क्षेत्रमा हुनुहुन्न । मैले धेरै कुरा सिक्न बाँकी छ । त्यसैले मलाई स्टार भन्दा पनि एउटा कलाकारको रुपमा लिँदा राम्रो हुन्छ । अभिनयको माध्यमबाट जुन दिन दर्शकको मन जित्न सक्छु त्यही दिन स्टार क्वालिटी आउँछ होला सायद । अहिलेलाई म सिकारु कलाकार मात्रै हुँ ।’ अब दर्शकको कुरा गर्ने हो भने उहाँहरुलाई जुन फिल्म मन पर्छ त्यही फिल्म हेर्नुहुन्छ । हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरेका छौँ अब सफल असफल के हुन्छ त्यसको लागी फिल्म रिलिज नै कुर्नु पर्छ ।’

उनले फिल्मको सफलता वा असफलता दुवैको जिम्मेवारी लिन तयार रहेको समेत बताए । ‘म एक्लैले गर्दा मात्र फिल्म पक्कै बन्दैन र चल्दैन पनि । सम्पूर्ण टिमले मेहनत गर्नु पर्छ । हामीले त्यो मेहनत गरेका छौँ र फिल्म हेर्दा हामीले गरेको मेहनत देखिन्छ जस्तो लाग्छ । व्यापारिक रुपमा फिल्म सफल वा असफल जे हुन्छ फिल्म भित्रको कलाकारको रुपमा म दुवैको जिम्मेवारी लिन तयार छु ।’

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.