‘मातृभुमी कप क्रिकेट प्रतियोगिता’ हुने नयाँ मिती सार्वजनिक

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ चैत्र २३ गते अर्थात शनिवार हुने भनिएको ‘मातृभुमी कप क्रिकेट प्रतियोगिता’ मौसममा आएको खराबीका कारण शनिबार हुन सकेन । सोहि कारण अहिले प्रतियोगिताको हुने मिती परिवर्तन गरिएको छ ।

‘मातृभुमी कप क्रिकेट प्रतियोगिता’का आयोजन सिताराम कट्टेल (धुर्मुस)ले सामाजिक संजाल (फेसबुक) मार्फत आइतबार बिहान स्टाटस लेख्दै प्रतियोगिता सरेको जानकारी दिइएका हुन् ।

उनले स्टाटस लेख्दै ‘२३ गते हुने भनिएको खेल अब चैत्र ३० गते शनिबारकै दिन हुने र प्रतियोगिता हेर्नको लागि काटिएको टिकटबाट पनि सारीएको मितीमा प्रतियोगिता हेर्न मिल्ने भएकाले सो टिकटलाई दर्शकलले सुरक्षित राख्न हुन र सो दिनको लागि अझै टिकट खुल्ला गराएको जानकारी दिइएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनको आयोजनामा नेपाली राष्ट्रिय टिम ‘ए’ र ‘बि’ सँगै राष्ट्रिय कलाकार ‘ए’ र ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.