‘माया त लाउने हो’मा दिलिप र मरिष्का

शंकरलाल श्रेष्ठको स्वर रहेको ‘माया त लाउने हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच भिडियो प्रिमियर गर्दै सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजजिक गरिएको हो ।

सार्वजनिक गीतमा नेपाली फ्फिल्मका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । चर्चित अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्यमा पोख्त अभिनेता दीलिप र पछिल्लो समय ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्काको केमेष्ट्रि भिडियोमा गज्जबको देखिएको छ ।

गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसंगीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसंगीतलाई निरन्तरता दिने गायक शंकरलालले बताए ।

त्यस्तै अभिनेत्री मरिष्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै संगै काम गर्न पाएकोमा सुःखी ब्यक्त गरिन् । निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए ।
भिडियो प्रिमियरमा अभिनेता दीलिप भने उपस्थित थिएनन् ।

भिडियो सार्बजनिक कार्यक्रममा अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.