मायानै मायाले भरिएको ‘लभ स्टेशन’को ट्रेलर

चैत्र २२ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म‘लभ स्टेशन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा मायानै माया छल्किएकोको छ भने सार्वजनिक ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.