रंगशाला निर्माण स्थलमा धुर्मुस-सुन्तलीको श्रमदानमा बन्यो म्युजिक भिडियो

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त भएसगै यी दुईको कामलाई समेटेर एउटा म्युजिक भिडियो समेत निर्माण भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस-सुन्तलीले गरेको कामलाई भिडियो मार्फत देखाईएको छ ।

बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याईनभ्याई देखिएको छ ।

भिडियोमा यी दुईले सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका देखिएको छ । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने गरेको देख्दा सबै कामदार खुशी देखिन्थे ।

निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ भने कट्टेल र घिमिरे दुबैजना एकै ठाउँमा बसेर स्थानीयहरु संग भेटघाट गर्दै सबैले हातेमालो गर्दै अघि बढन आग्रह समेत गरेका छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.