रिमेकको भूत

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्ममा पुराना फिल्मका नाम राखेर फिल्म बनाउने कुरा त नयाँ होइन । फिल्मीकर्मीले सिनेमाको नामको पछाडि २, ३ जोडेर मात्र होइन, पुराना सिनेमाको नाम नै सापटी लिएर पनि बनाउँदै आएका छन् । यसले पनि सिनेमाको नामको खडेरी लाग्न थालेको हो कि भन्ने बहस भैरहेको छ ।

तर, अहिले सिनेमाको गीतलाई रिएरेन्ज गर्ने परिपाटी पनि सुरु भएको छ । सिनेमा दि ब्रेकअपबाट सुरु भएको रिएरेन्जको परिपाटी अब यात्रा सम्म आइसकेको छ । हुनत, कुनै पनि पुरानो चर्चित सिनेमाको गीतलाई रिएरेन्ज गरेर ल्याउनु नराम्रो होइन । तर, यसरी ल्याउँदा त्यसले पुरानो मर्मलाई जिवित राख्यो कि राखेन भन्ने मुख्य कुरा हो ।

दि ब्रेकअपमा समावेश आज हाम्रो भेट भाको दिन बोलको गीत रिमेक भयो । पुरानो हिट गीत रिएरेन्ज गरेर सिनेमामा राखियो । तर, प्रमोशन गीतको रुपमा तयार पारिएको यो गीतले कुनै तहल्का मच्चाएन । बरु, यो गीत राखेर सिनेमाको निर्मातालाई पनि फाइदा भएन । सिनेमा चलेन, गीत पनि चलेन ।

आशिरमान देशराज र शिल्पा मास्केलाई नचाइएको यो गीतले पुरानो गीतलाई न्याय गर्न नै सकेन । अब, कुरा विर विक्रम २ को । विर विक्रम २ मा पुरानो सिनेमा देउतामा समावेश पिरतीको मिठो तिर्सना बोलको गीत समावेश छ ।

यो गीत सार्वजनिक भएपछि यसको तारिफ भन्दा तुलना भयो । गीतमा पल शाह, नाजिर हुसेन र बर्षा सिवाकोटीले अभिनय गरेका छन् । तर, अभिनेता राजेश हमालको जस्तो इनर्जी पलको डान्समा देखिएन । गीत भने औषत नै रहेको टिप्पणी भयो ।

अब, आज सार्वजनिक भएको सिनेमा यात्रामा समावेश चट्ट रुमाल क्या मालुमकै कुरा गरौ । यो गीत आफ्नो मान्छेमा समावेश छ । शम्भुजित बास्कोटा र साधना सरगमको आवाजमा समावेश यो गीत अहिले पनि उस्तै चर्चामा छ ।
यो गीतलाई रिएरेन्ज गरेर यात्रामा राखियो । यसपटक धर्वेन्द्र सेवान र मेलिना राइले स्वर दिए ।

गीत सार्वजनिक भएपछि आलोचना बढी भएको छ । गीतलाई मारिएको भन्दै युटुबको कमेन्ट्स र सामाजिक संजालमा आलोचना सुरु भएको छ । पक्कै पनि हो, पुरानो गीतलाई रिएरेन्ज गर्दा यसको हरेक पाटोमा ध्यान दिन आवश्यक छ । यदि ध्यान दिइएन भने पुरानो गीत त मर्छ नै नयाँले पनि कुनै फाइदा गर्दैन ।

अहिलेसम्म ३ वटा गीतलाई रिएरेन्ज गरिएको छ । तर, तिनैवटा गीतले आलोचना नै भोगेका छन् । चाहे त्यो कोरियोग्राफीमा होस् या गायकीमा ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.