“वीर बिक्रम” का कारण “प्रेम दिवस”ले परिवर्तन गर्‍यो आफ्नो प्रर्द्शन मिति

योगेश घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘प्रेम दिवस’ को प्रर्दशन मिती परिवर्तन गरिएको छ फिल्म जेठ ३ गतेबाट सरेर जेठ १७ मा पुगेको छ जेठ ३ मा फिल्म ‘वीरविक्रम २ ‘ पनि प्रर्दशन हुने भएकोले निर्माण टिमले सो फिल्मको प्रर्दशन मिति परिवर्तन गरेको हो ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सञ्जय न्यौपाने निर्माता तथा रमेश चौधरी र उत्सव ढकाल सह निर्माता रहेका छन् । फिल्ममा प्रदीप भारद्वाजको पटकथा/लेखन, बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली फिल्ममा डेव्यु गर्न लागेका हुन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.