शुक्रबार दर्शक पाउनै गाह्रो, घट्यो विश्वास

सुत्र इन्टरटेन्मेन्ट- शनिबार पनि ठूला नेपाली फिल्म र नाम चलेका कलाकारको फिल्म चलेन भने के चल्छ त ? शनिबार दर्शक हलमा आएका छन् भनेर मख्ख हुनु ताजुबको कुरा होइन ।

२ दिन त नेपाली फिल्म पहिले सजिलै चल्थ्य । तर, अहिले शुक्रबार हलमा दर्शकको चाप ह्वात्तै घटेको छ । क्याप्टेन सिनेमाको प्रचार, ट्रेलर र गीतको हाइप हेर्दा जोकोहीलाई पनि लाग्थ्यो, शुक्रबार यो सिनेमाले बम्पर ओपनिङ गर्छ । तर, भइदियो उल्टो । सिनेमा हेर्न शुक्रबार त दर्शक कम आए । नेपाली फिल्म क्षेत्रमा नै निराशा छाएको थियो ।

शुक्रबार नेपाली सिनेमाका स्टार कलाकारले पनि दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । यो समस्या अहिले जटिल बन्दै गएको छ । अर्का अभिनेता प्रदिप खड्का पनि अहिले शुक्रबार हलमा दर्शक कसरी तान्न सकिन्छ भन्ने सोचमा छन् ।

शनिबार लभ स्टेशन हेर्नका लागि दर्शक हलमा आउने विश्वास उनको छ । तर, शुक्रबार नै दर्शक आएनन् भने राम्रो सन्देश नजाने कुरामा उनी पनि स्पष्ट छन् ।

आजदेखि रिलिज भएका सिनेमा साइँली र शुभ लभले मल्टिप्लेक्समा राम्रो शोज पाएका छन् । साइँलीलाई त क्यूएफएक्सले १९ शोज दिएको छ । यो त निकै नै लोभलाग्ने शोज नै हो ।

साइँलीको व्यापार र मल्टिप्लेक्समा दर्शकको चाप हेर्ने हो भने पनि त्यस्तो भयंकर छैन । शनिबार सिनेमाले राम्रो कमाई गर्न सक्ला ? तर, दयाहाङराई, गौरव पहारी लगायतका कलाकार भएको, रमाइलो ट्रेलर रहेको सिनेमाले पनि शुक्रबार दशृकलाई तान्न सकेन ।

अहिले नेपाली फिल्म बनाउनेहरु शनिबार एकदिनको व्यापारमा मात्र रमाउनुपर्ने अवस्था छ । आखिर, यो अवस्था विकराल रह्यो भने यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

के दर्शकलाई नेपाली फिल्मप्रतिको विश्वास कम हुँदै गएको हो । के दर्शकले नेपाली सिनेमालाई शुक्रबार विश्वास गर्न छाडेका हुन् । आखिर, शुक्रबार देखिएको यो समस्या किन र कसरी ? यो बारेमा विश्लेषण गर्न जरुरी छ ।

शुक्रबार नै दर्शक हलमा देखिएनन् भने त्यसले निराशा छाउँछ । एउटा स्टार कलाकारदेखि निर्देशकको सिनेमाले शुक्रबार दर्शक तान्न सक्नुपर्छ । तर, शुक्रबार अहिले दर्शकको चाप हलमा कमजोर बन्न थालेको छ । यसको मुख्यकारण, दर्शकले नेपाली सिनेमालाई पत्याउन छाड्नु नै हो ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.