‘शुभ लभ’ फिल्म र क्यूज हल बहिष्कार गर्ने चलचित्र पत्रकार संघको चेतावनी

बुधवार राजधानीको कमलादी स्थित रहेको क्यूज सिनेमामा फिल्म शुभ लभको पत्रकार भेटघाट कार्यक्रमको दौरानमा फिल्म पत्रकार माथि भएको दुर्व्यवहारप्रति चलचित्र पत्रकार संघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘शुभ लभ ‘फिल्मले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा चलचित्र पत्रकार संघका सचिव समिर बालामीमाथी हलका कर्मचारीले दुर्व्यवहार तथा हातपात गरेको हुदा सो विषय लाई मध्य नजर गर्दै संघले प्रेस विज्ञप्ति जारी गरेको हो ।

सार्वजनिक प्रेस विज्ञप्तिमा, क्यूज सिनेमा हल र ‘शुभ लभ’ फिल्मले आगामी दिनमा गर्ने प्रेसमिटहरुमा समाचार सङ्कलन गर्ने गएका पत्रकारहरुको सुरक्षा प्रत्याभुतीको ग्यारेन्टीको मागसंगै प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

साथै आगामी दिनमा क्यूज सिनेमा हल र शुभ लभले अब उप्रान्त गर्ने प्रेसमिटमा पत्रकारहरुको सुरक्षाको प्रत्याभुतिको ग्यारेन्टी गर्नेगरी दुबै पक्षबाट आधिकारिक धारणा नआउँदासम्म चलचित्र पत्रकार संघसँग सम्वद्ध सम्पुर्ण चलचित्र पत्रकारहरु सहभागि नहुने चेतावनी समेत दिएको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.