सत्याकृत ब्याण्डको शिवरात्री विशेष ‘आउ फर्केर ’ सार्वजनिक

सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री हजुरको यस गितमा रहेको शब्दले सम्पुर्ण बिश्व मानवलाई आव्हान गरेको छ ।

गीतमा प्रजित लामाको स्वर, श्री हजुरको शब्द, गोपाल रसाइलीको  एरेन्ज रहेको छ । सत्याकृत ब्याण्डको निर्देशन रहेको गीतमा  हरि हुमागाइको छायांकन, शाकल्यदेव गौतमको ड्रोन र सम्पादन रहेको छ |

 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.