सप्तरङ्गको सात प्रदेश प्रस्तुति सम्पन्न

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिड प्रालीको आयोजनामा आयोजित सप्तरङ्ग एक पृथक सांगितिक यात्राको सम्पूर्ण प्रस्तुति सम्पन्न भएको छ ।

प्रेदेश नम्बर १ झापाको दमक,प्रदेश नम्बर २ जनकपुर पछि प्रदेश नम्बर ३ चितवन नारायणगड, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरा गर्दै सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी, लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्टले सम्पूर्ण ठाउँमा आफ्नो प्रस्तुति दिइएका थिए ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजीको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.