सिने क्षेत्रका यी जोडी, जसले प्रेम र बिहेका लागि उमेर हेरेनन्

सुत्र इन्टरटेन्मेन्ट- नेपाली फिल्मले अरु क्षेत्रमा नहुने कुरा गर्छ । नेपाली फिल्म क्षेत्रले अरु क्षेत्रमा नहुने कुरा बोल्छ । यसैले त यो रंगिन दुनियाँको पछाडि हुने घटनाक्रमहरु दर्शकका लागि यती चासो बन्ने गरेको छ ।

नेपाली फिल्म क्षेत्रले माया र प्रेमको अगाडि उमेर पनि हेर्दैन । नेपाली फिल्म क्षेत्रले सफलता पछ्याउँदा भोली के होला भनेर पनि सुन्दैन । यही भएर त यो फिल्म क्षेत्र हो ।
हामी, यो फिचरमा नेपाली फिल्म क्षेत्रका त्यस्ता कलाकारको कुरा गर्दैछौ, जसले ठूलो उमेर अन्तर भएपनि बिहे गर्ने निर्णय गरेका छन् ।

अभिनेता राजेश हमालले ५३ बर्षको उमेरमा पनि बिहे नगर्दा धेरैलाई लागेको थियो उनले बिहे नै गर्दैनन् । तर, राजेश हमालले बिहे गरे । तर, राजेश हमालले बिहे गरेकी मोडल मधु भट्टराई र उनको उमेरको अन्तर आधा नै छ । हुनत, आफू भन्दा आधा उमेरकी मधुसँग हमालले प्रेम नै गरेका थिए । ७ बर्ष लामो प्रेममा रमाएका मधु र राजेशले बिहे गर्ने निर्णय गरे । कतिपयलाई उनीहरुको जोडी अस्वभाविक नै लाग्यो, तर यो जोडी अहिले व्यक्तिगत जीवनमा रमाएको छ ।

उमेरको अन्तरले नछेकेको जोडीमा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा पनि पर्छन् । अभिनेत्री रेखा थापा र निर्माता ओझाको उमेर अन्तर पनि ठूलै थियो । झन्, शिल्पासँग आइपुग्दा त उमेर अन्तर अझै बढ्यो ।

शिल्पा र छविले बिहे गरेको छैन भनेपनि उनीहरु बिहे गरेर एकसाथ बस्न थालेको चर्चा छ । तर, अहिले छविसँग शिल्पा असन्तुष्ट रहेको खबर पनि आउन थालेको छ । छविले शिल्पाको काममा बढी हस्तक्षेप गर्न थालेकाले उनी असन्तुष्ट बनेको खबर आउन थालेको छ ।

उमेर अन्तरकै कुरा गर्ने हो भने अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतविच पनि १४ बर्षको अन्तर छ । स्वस्तिमाले करिअरको सुरुवातमै बिहे गर्ने निर्णय लिएकी थिइन् । तर, बिहे गरेपछि नै उनलाई यो क्षेत्र फापेको छ ।

स्वस्तिमा खड्का अहिलेकी व्यस्त अभिनेत्री हुन् । उनको हातमा सिनेमाको अभाव नै छैन । निश्चल बस्नेत पनि सिनेमा खेलेर रमाइरहेका छन् । अब, त निश्चललाई निर्देशक कम कलाकार ज्यादा भन्दा पनि हुन्छ । यो जोडीले एकसाथ सिनेमा त खेलेको छैन । तर, पनि यो जोडीको उमेर अन्तर भएपनि सार्वजनिक कार्यक्रममा देखिने माया सुन्दर छ ।
बिहे नगरेपनि एकसाथ बस्दै आएका छन् अभिनेता भूवन केसी र अभिनेत्री जीया केसी ।

जीया केसी भूवनको घरमा नै बस्दै आएकाले पनि उनीहरुको यो जोडीलाई लिभिङ टूगेदर मान्न सकिन्छ । भूवन र जीयामा पनि उमेरको ठूलै अन्तर छ । जीया केसीले भूवन केसीको जीवनमा प्रवेश पाएसँगै उनले फिल्म क्षेत्र छाडिन् । तर, सार्वजनिक कार्यक्रममा यो जोडीको प्रेम आकर्षक देखिन्छ ।

बिहे नगरेपनि इन्गेजमेन्ट गरेर बसेको जोडी हो, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । यी दुइको उमेर अन्तर पनि फरक छ । प्रियंका आयुष्मान भन्दा केही जेठी छिन् । डिभोर्सी प्रियंकालाई आफ्नो जीवनको रानी बनाउन तयार आयुष्मान अहिले प्रेमको तलाउमा डुबिरहेका छन् । यो जोडीको माया प्रेम पनि असिमित देखिन्छ । अभिनेत्री कार्की त अहिले प्रेमकै कारणले बढी छाउने गर्छिन् ।

नेपाली फिल्मका कलाकारको उमेर अन्तरले कतिपय अवस्थामा उनीहरुको प्रेमलाई असर गरेको छ भने कतिपय अवस्थामा उनीहरुको प्रेम र वैवाहिक जीवन सुन्दरसँग चलेको छ । तर, कलाकारहरुको उमेर अन्तरको खबर पनि उनीहरुलाई सधै नै चर्चामा ल्याउने माध्यम बन्ने गरेको छ ।

यो पनि पढनुहोस् :
मिस वोर्ल्ड २०१८ कि प्रतिस्पधी शृंखला मुन्द्रेको कमेडी क्लबमा, भन्छिन गाउँमा हस्पिटल बनाउन गारो भयो ( पुरा भिडियोमा हेर्नुहोस् )

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.