सुरज थापाको ‘धनले होईन मनले’

विदेशी भूमिमा रहेर पनि नेपाली गीत-संगीतमा आफुलाई निरन्तरता दिईरहेका गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ ।

लोकप्रिय संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बमलाई राजधानीमा एक कार्यक्रम बीच आइतवार साँझ नेपाली गीतसंगीतका महारथीहरू यादव खरेल , दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए ।

लेखनको लागि चिनिने यादव खरेल , गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटा तिनै गीत-संगीतका सर्जकलाई प्रमुख अतिथि बनाउदै एल्बम बिमोचन गरिएको हो । पाँच गीतसंग्रहित यो एल्बम दर्शक तथा श्रोताको लागि पञ्चामृत सावित हुने विस्वास यससँग जोडिएको सर्जकको छ ।

ए भने कलाकारहरु किरण केसी , दीपाश्री निरौला , रमेश उप्रेती , निर्मल शर्मा , भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा पाँच गीत संग्रहित छन् जसमा धनले होइन मनले , जवानीको ऐना हजुर , परैदेखि , मन मनै त हो , तिम्रा ति झुटा बोलका गीत रहेका छन् जसलाई क्रमश सुरज थापा , मेलिना राई , सुरेश लामा , प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् । एल्बमलाई भाइबस क्रिएसनको तर्फबाट पर्शुराम रिजालले बजार ब्यबस्थापन गरेका छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.