हेमराज र आशिरमानलाई लागेको एउटा ट्याग, जुन हट्न चल्नुपर्छ ब्रेकअप

सुत्र इन्टरटेन्मेन्ट- फाल्गुनको १७ गतेबाट रिलिज हुन लागेको सिनेमा ब्रेकअपको टिम अहिले पब्लिसिटीमा दौडिरहेको छ । यो सिनेमाले यूवापूस्तामा हुने प्रेम, विछोड, मस्तीलाई उठान गरेको छ ।

सिनेमालाई हेमराज वीसीले निर्देशन गरेका हुन् । अभिनेता हेमराज वीसी प्रेमकथामा बनेका सिनेमा निर्देशनमा अग्रसर छन् ।
यो सिनेमामा हेमराजले अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई मुख्य कलाकारमा लिएका छन् । शिल्पा मास्केको यो रिलिजको हिसाबले पहिलो सिनेमा हो ।

अभिनेता आशिरमान देशराज जोशीको यो रिलिजको हिसाबले दोश्रो सिनेमा हो । उनले अभिनय गरेको पहिलो सिनेमा ग्याङस्टार ब्लूज बक्स अफिसमा असफल भयो । हेमराज वीसीको निर्देशनमा यो सिनेमा बनेको थियो ।

यो सिनेमा नचलेपछि हेमराज र आशिरमानलाई असफलताको ट्याग लागेको छ । यी दुबै जना सिनेमामा असफल भएपछि अब दोश्रो पटक एकसाथ सहकार्य गरेका छन् । यो सहकार्यले यी दुइलाई सफल बनाउन जरुरी छ ।

द ब्रेकअप चल्ने कारण धेरै छन् । यो सिनेमाको कथावस्तुले दर्शकको मन तान्न सक्छ । किनकी, आजको यूवापुस्ताको प्रेम कथालाई अष्ट्रेलियामा हेमराजले उठाएका छन् ।

यसैले पनि सिनेमा क्षेत्रमा फरक प्रेमकथा हेर्न चाहने दर्शकका लागि दि ब्रेकअप विशेष हुनसक्छ । नेपाली सिनेमा क्षेत्रमा लभ स्टोरी कथामा सिनेमा त बनेका छन् । तर, ती सिनेमाले उठाएका प्रेमकथालाई दर्शकले खासै स्विकार नगरेको अवस्था छ । यो अवस्थामा फरक कथामा बनेको यो सिनेमाले दर्शक तान्ने विश्वास गरिएको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.