एसीयाकै सेक्सी पुरुष बने बलिउड स्टार शहिद

काठमाण्डौ ।
एसीयाकै सबै भन्दा सेक्सी पुरुष वलिउड अभिनेता शहित कपुर बनेका छन् । ब्रिटेनको साप्ताहिक पत्रिकाले ‘ईस्टर्न आई’ को सालाना पोलमा बलिउड अभिनेता शाहिद कपूरलाई ‘सबैभन्दा सेक्सी एशिया व्यक्ति’ को रुपमा चुनेको हो । ३६ वर्षिय शाहिदले यो पोलमा बलिउड अभिनेता ऋतिक रोशन र ब्रिटिश,पाकिस्तानी गायक जायन मलिकलाई पछाडि पारेका छन् । अहिले शहिद आफ्नो नयाँ फिल्म ’पद्मावती’का कारण निकै विवादको सामना गरिरहेका छन् ।


ऋतिक लगातार तीन वर्षदेखि यो पोलको दोस्रो स्थानबाट तल झरेका छैनन् । गएको वर्षका विजेता जायन यो वर्ष तेस्रो स्थानमा मात्र रहे । शाहिदले ‘सबैभन्दा सेक्सी एशिया व्यक्ति’ को रुपमा चुनीए पछी पत्रिकालाई भने, ‘मलाई भोट दिनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु । मलाई यो ट्याग मिलेकोमा आफू सम्मानित भएको महशुस गरेको छु ।’
दुनियाँभरका प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा यो सालाना सूची सार्वजनिक गरिने गरिन्छ । एजेन्सी

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video