चलचित्र ‘सत्रु गते’ को गीत ‘रुपै मोहनी’ छायांकनका केही झलकहरु ( फोटो / भिडियो फिचर )

नेपाली सिने जगतकै चर्चित कलाकारहरुलाई समावेश गरिएको चलचित्र ‘सत्रु गते’ को गीतको भिडियो तामझामका साथ छायांकन गरिएको छ । उपत्यकाको चिसोलाई समेत प्रवाह नगरी उक्त गीतको छायांकनमा सम्पूर्ण कलाकारहरु मस्त देखिन्थे । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा नेपाली सिने जगतका लगभग चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । उक्त गीतको छायांकन काठमाडौंको चावहिलमा रहेको समता अस्पतालमा गरिएको हो ।

अस्पतललाई सिंगारेर झिलिमिली पारिएको सुटिङ स्पोट हेर्दा कुनै हिन्दि फिल्मको सुटिङ स्पोटको झल्को दिए जस्तो देखिन्थ्यो । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा नेपालका चर्चित कलाकारहरु हरिवंशं आचार्यदेखि पल शाह तथा दिपाश्री निरौलादेखि आँचल शर्मासम्मका कलाकारलाई फिचरिङ गराईएको छ ।

जसमा, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल,किरण के.सी, शिभहरी पौडेल लगायत कलाकारको मुख्य भूमिका रहेको छ । उक्त गीत संगीतकार टंक बुढाथोकीले तयार पारेका हुन् भने भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चैत्र ९ गतेबाट देशैभर प्रदर्शनमा आउने चलचित्रमा प्रदिप भट्टराइको निर्देशन रहेको छ । नेपालका सिने जगतका विख्यात कलाकारको अभिनय रहेकाले चलचित्र निकै राम्रो बनेको आशा गर्न सकिन्छ ।

अब हेर्नुस् सुत्र इन्टर्टेन्मेन्टका क्यामरामा कैद भएका केही तस्बिर तथा भिडियो फुटेज





भरखरै रिलिज भएको म्युजिक भिडियो

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video