फ्यानलाई ‘कृ’ को टिकट बाँड्दै अनमोल – अदिती, मिडियाले घेर्दा यस्तो भयो (भिडियो)

काठमाडौं माघ, २२–
सोमबार काठमाडौंमा एक बिशेष कार्यक्रमकाबीच निकै प्रतिक्षा गरिएको चलचित्र ‘कृ’ को दोस्रो गीत ‘मैले जानी नजानी’ को सार्वजनिक गरिएको छ ।गीत सार्वजनिक कार्यक्रममा धेरैको चासोमा थिए नायक अनमोल केसी र सँगै नायिका अदिती बुढाथोकी पनि । उनीहरुको यसकारण पनि चर्चा चुलिएको थियो कि भर्खरै मात्र स्कटल्याण्डको माईनस एक डिग्री सेन्टिगे्रड तापक्रममा उनीहरु यहि गीतको सुटिङ सकाएर नेपाल फर्किएका थिए ।

माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’ को प्रचार प्रसारलाई तिव्र पार्ने क्रमसँगै आजको गीत सार्वजनिक कार्यक्रममा अनमोल र अदिती बिशेष पहिरनमा सजिएर कार्यक्र स्थलमा पुगेका थिए ।

उनीहरु कार्यक्रमस्थलमा पुग्दा पत्रकारका क्यामेरानै असंख्य रुपमा उनीहरुतिर तेर्सिएका थिए । पत्रकारहरुमाझ घेरिएका अनमोल र अदीतिले बिशिष्ठ व्यक्तिहरुलाई चलचित्र ‘कृ’ को टिकट समेत बाँडेका थिए ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video