निर्माता जेम्स रिक्सटनलाई ६ वर्षको जेल सजाय

फिल्म निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले ६ वर्ष जेल सजाय सुनाएको छ । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको आरोपमा जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी र्‍यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेको आरोप पनि उनि माथि थियो ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

गत बर्षको जुन महिना देखी थुनामा रहेका उनलाई दिनको ६ दिन सम्मको लगातार सुनुवाइ पछि शुक्रबार उनलाई क्याम्बोडियाली अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो ।

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लागेको थियो । र ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजायँ सुनाइएको हो । तर उनले भने आफु माथि लागेको आरोप झुठो रहेको बताएका छन ।

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video