किम्फमा ६० देशका ३ सय ६० फिल्म दर्ता

सुत्रइन्टरटेन्मेन्टः– काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १६औं संस्करणका लागि ६० देशका ३ सय ६० फिल्महरु दर्ता भएका छन् ।
आगामी डिसेम्बर ७ देखि ११सम्म हुने फेस्टिभलका लागि नेपाली पानोरोमा अन्तर्गत ४० फिल्म दर्ता भएका छन् । शुक्रबार फिल्म दर्ताको अन्तिम दिन थियो । सन् २०००देखि सुरु किम्फको १८ वर्षे इतिहासमा यसपटक सबैभन्दा बढी फिल्म दर्ता भएको आयोजकले जनाएको छ ।
हिमाल एसोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको किम्फले यस पटकको महोत्सवमा ‘महिला’लाई केन्द्रीय विषय बनाएको छ । किम्फका लागि दर्ता भएका फिल्मबाट एक महिनाभित्रमा प्रदर्शनका लागि उत्कृष्ट फिल्महरुको छनोट गरिने किम्फका अध्यक्ष बसन्त थापाले बताए । डिसेम्बर ७ देखि ११सम्म हुने किम्फमा प्रदर्शनपछि उत्कृष्ट घोषित हुने फिल्मलाई १५ सय डलर, दोस्रोलाई १ हजार डलर र तेस्रोलाई ५ सय डलर पुरस्कार प्रदान गरिने छ । नेपाली पानोरामा तर्फ उत्कृष्ट फिक्सन फिल्मलाई ७५ हजार रुपैयाँ र उत्कृष्ट डकुमेन्ट्रीलाई ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।
किम्फमा पर्वतीय जनजीवन, वातावरण, साहसिक खेलकुद जस्ता विषयमा बनेका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइने गरिएको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

हरिवंशको जन्मदिन आशु संगै हासोको बर्सात, धुर्मुस देखि हरिवंशसम्मलाई रुवाए मदनकृष्ण श्रेष्ठले
Prev 1 of 96 Next
Prev 1 of 96 Next

Loading…

Watch Dailymotion Video