जसिता र प्रदिपलाई एक अर्काको भर

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता प्रदिप खड्का नयाँ फिल्म लभ स्टेशन चल्नै पर्ने दबाबमा छन् । रोज सिनेमाले सोचे जस्तो व्यापार नगरेपछि प्रदिपलाई लभ स्टेशन चल्नैपर्ने हुन्छ ।
यो सिनेमाका लागि प्रदिपले आफ्नो पर्दाको हिट हिरोइन जसिता गुरुङलाई रोजेका छन् ।

जसिता र प्रदिपको जोडीलाई दर्शकले लिलिबिलीमा मन पराएका थिए । यसैले पनि अहिले जसिता र प्रदिप नयाँ सिनेमा लभ स्टेशनमा काम गर्न लागेका छन् ।
यो सिनेमाका लागि बेलायतबाट नेपाल आएकी जसिताले प्रदिपसँग फेरि काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

उनले प्रदिपसँग आफ्नो प्रेम सम्बन्ध भने नभएको बताएकी छिन् । बरु, उनले प्रदिपको आफू शुभचिन्तक मात्र भएको बताएकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको लभ स्टेशनलाई गोविन्द शाहीले निर्माण गर्दैछन् । दार्जलिङ र सिक्किममा फिल्म खिचिनेछ ।

भिडियो हेर्नुस्

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video