धमला पत्नीबाट अभिनेत्री एलिजा बन्न सक्छिन त, प्रेस शोमा आयो ‘अनुराग’को यस्तो प्रतिक्रिया

ऋषि धमलाले निर्मित फिल्म ‘अनुराग’ले मिश्रित प्रतिक्रियाका साथ आफ्नो प्रेस शो सम्पन्न गरेको छ । हिजो अर्थात शुक्रबारबाट देशव्यापी प्रर्दशनमा आएको फिल्मले हिजो पत्रकार, कलाकार तथा अन्य व्यक्तित्वहरुका बीच फिल्मको प्रेस शो सम्पन्न गरेको हो ।

नायिका धमला पत्नि एलिजा गौतम र नायक समुन्द्र पण्डित दुवैको डेब्यु अभिनय रहेको फिल्मको गीत र ट्रेलर सार्वजनिक संगै हिजो बाट फिल्म पनि प्रर्दशनमा आएको छ ।

अनुराग एक लभस्टोरी कथा हो । म्यूजिकमा लागेको एक यूवा र उसको बाल्यकालको प्रेमको कथामा आधारित रहेर फिल्म निर्माण भएको छ । एलिजा गौतमको डेब्यु अभिनय रहेको फिल्मलाई सत्यराज चौलागाईँ निर्देशन गरेका हुन् भने फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित रहेका छन् । धमला पत्नीबाट अभिनेत्री एलिजा बन्न सक्छिन कि नै भन्ने प्रश्नको जवाफका लागि अबको केहि दिन प्रतिक्षा गर्नु पर्ने छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.