आयुष्मानको करिअरमा प्रियंकाको साथ

सुत्र इन्टरटेन्मेन्ट – वास्तविक जीवनमा अब अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की एक भैसके । यी दुइलाई वास्तविक जीवनमा एकको आवश्यकता अर्कोलाई उस्तै पर्छ । अझै, फेसबुक हेर्ने हो भने प्रियंका कार्की आयुष्मानलाई ज्यादा मिस गर्छिन् । फेसबुकमा उनले बारम्बार आयुष्मानलाई मिस गरिरहेकी हुन्छिन् ।

आयुष्मान र प्रियंका मिलेर अब आयांक जोडी बनिसकेका छन् । यसो भनौ, मुटु २ धड्कन एक ।
तर, फिल्मको दुनियामा भने यी दुइको रियल लाइफ जस्तो छैन । आयुष्मानसँग भेट्नु अगाडि नै प्रियंका सुपरस्टार बनिसकेकी थिइन् ।

प्रियंकालाई अझै पनि कामको खाचो छैन । उनी जती व्यस्त नेपाली फिल्ममा अरु हिरोइन छैनन् होला ।
आयुष्मान भने प्रियंकाको जस्तो उचाइमा छैनन्, पुग्न पनि धेरै परिश्रम गर्नुपर्छ । प्रियंका कार्की सुपरस्टार बनिसक्दा आयुष्मानले चपली हाइट २ बाट आफूलाई फिल्म दुनियाँमा ल्याएका थिए ।

यो सिनेमा खासै चलेन । आयुष्मानलाई काम कसले देला भन्ने अवस्था थियो । तर, अहिले आयुष्मानको हातमा सिनेमाको अभाव छैन । तर, प्रियंका कार्की जुन फिल्ममा आयुष्मान पनि सोही फिल्ममा हुनु संयोग मात्र होइन होला । आयुष्मानले राधा २ मा अभिनय गर्दैछन् । यो सिनेमामा प्रियंका कार्की लिड अभिनेत्री हुन् ।

के यो सिनेमामा आयुष्मान जोडिनुको पछाडि प्रियंकाको हात छैन होला ?
चंगाचेट, एउटा यस्तो प्रेम कहानी त फिल्मका सूची भए । सिनेमा मात्र होइन, म्यूजिक भिडियोमा पनि आयुष्मान प्रियंकासँग मात्र देखिन्छन् ।

यी सबै कुरा हेर्दा फिल्मी दुनियाँमा प्रियंका विना आयुष्मान अपुरा रहेको वुझिन्छ । रियल दुनियाँमा दुइले दुइलाई साथ दिएका छन् । फिल्मी पर्दामा त प्रियंका आयुष्मानको करिअरमा धाप मार्न लागिरहेकी छिन् ।

यो पनि पढ्नुहोस्ः

नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

भिडियो पनि हेर्नुस

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

1 Trackback / Pingback

  1. प्रियंका र आयुष्मानको ट्याटु नाटक – An Online Entertainment News Portal

Leave a Reply

Your email address will not be published.