स्वस्तिमाको डाहा गर्न लायक सफलता

सुत्र इन्टरटेन्मेन्ट – फिल्म होस्टेल रिटन्र्समा काम गर्दा स्वस्तिमा खड्काको काम नोटिस नै भएन । सबैले अभिनेता नाजिर हुसेनलाई प्रशंसा गर्दा स्वस्तिमा हराईन् । त्यतिबेलासम्म उनी फेसबुमा भाइरल त बनेकी थिइन् तर फिल्मले हिट बनाउन सकेको थिएन ।

स्वस्तिमा खड्काले यो सिनेमा रिलिज भएपछि बिहे गरिन् । चर्चित निर्देशक निश्चल बस्नेतसँग उनले बिहे गरेपछि उनलाई राष्ट्रिय भाउजु भनियो । निश्चल त्यतिबेला सबैका प्रिय दाई थिए ।
स्वस्तिमाले लभ लभ लभमा काम गरिन् । सिनेमा नचलेपनि उनको अभिनयको तारिफ भयो । यसपछि आइदियो, कुटुमा कुटु । कुटुमा कुटु बोलको गीतमा नृत्य गरेपछि स्वस्तिमालाई लक लाग्यो । यसपछि हातमा फिल्मको अभाव छैन । गीत पनि उस्तै हिट ।

छक्का पन्जा २, नाई नभन्नु ल ५ देखि बुलबुलसम्म आइपुग्दा त स्वस्तिमाको माग बढेको छ । स्वस्तिमालाई सिनेमामा आफू उदाउनुको कारण लक मात्र हो जस्तो लाग्दैन । उनलाई त आफ्नो कठोर मिहिनेत पनि एउटा कारण लाग्छ । कारण यतिमा मात्र सिमित छैन । उनले, आफ्ना पति निश्चल बस्नेतसँगको सहकार्य, उनको सहयोग र काम गर्ने तरिकाले पनि आफूलाई लक लागेको बताइन् ।

स्वस्तिमाको आजको चुलिदो उचाई अन्य अभिनेत्रीले डाहा गर्ने खालको नै छ । ब्रान्डेड फिल्मकी अभिनेत्री पनि उनै । फरक गेटअपको बुलबुलकी अभिनेत्री पनि उनै ।
अभिनेत्रीलाई गीत र बिहेले लक लगाइदियो भने उनको कठोर काम गर्ने प्रतिज्ञाले सफलता दिलाइदियो । अब, सफलता सम्हाल्न मात्र जान्नुपर्छ ।

यो पनि पढ्नुहोस्ः

नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

फिल्म बुलबुल को गीत शूटिंग भिडियो पनि हेर्नुस

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.