हिरोइनका न शत्रु न मित्रु

सुत्र इन्टरटेन्मेन्ट – मानिसको शत्रु कतिबेला को हुन्छ र कतिबेला कोसँग फेरि प्याचअप हुन्छ थाहा नै हुँदैन । झन्, फिल्म वृत्तमा त यो खुलेरै भन्न सकिन्छ । आज मिलेका फिल्मीकर्मी भोली झगडा गर्न थाल्छन्, हिजो झगडा गरेका आज टपक्कै परेर हिड्छन् ।

फिल्म वृत्तमा यो रोग लामो समयदेखि चलेको छ र चल्दै आएको छ । ८ बर्ष नबोलेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा बोलेनन् मात्र, फिल्म नै सँगै खेले ।
निखिल उप्रेती र रेखा थापा पनि बोले । ३ बर्षदेखि नबोलेका अभिनेत्री पूजा शर्मा र अभिनेता प्रदिप खड्काविच पनि बोलचाल भयो ।
झन्, यो बोल्ने र झगडा गर्ने कुरा हिरोइनहरुमा बढी लागू हुन्छ । कसको साथी कतिबेला को हो भन्ने नै थाहा नहुने । कोही स्वार्थका लागि साथी फेर्छन्, कोही मनदेखि ।

कथा काठमाण्डु फिल्मको विशेष शोमा देखिएको माहोलकै कुरा गर्दा राम्रो होला । यो सिनेमाकी लिड अभिनेत्री प्रियंका कार्कीको निम्तो मान्न पुगेका हिरोइनहरु, उनीसँग यसअघि देखिएका थिएनन् । प्रियंकासँग केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी देखिन्थे । तर, कथा काठमाण्डु हेर्न पुग्दा पूजा शर्मा र बर्षा राउत देखिए । केकी, ऋचा देखिएनन् ।

पत्रकारले यो प्रश्न प्रियंकालाई सोधेका पनि थिए । उनले, आफ्नो सबैसँग राम्रो रहेको प्रतिक्रिया दिइन् । यतिमात्र होइन, बोलाउँदा कोही कामले नआउन पनि सक्ने, कोही अब जादिन नै भनेर बस्यो भने के लाग्छ र भन्न उनले भ्याइन् । माहोल हेर्दा प्रियंका अहिले बर्षा र पूजातर्फ मोडिएको देखियो । हुनत, यो बारेमा प्रियंकाले खुलेर जवाफ त दिइनन् ।

फिल्ममा हिरोइनका साथी हुँदैनन् भनिन्छ । कतिपय हिरोइनहरुले त आफूले हिरोइनहरुसँग खासै नजिकको सम्बन्ध नराखेको पनि बताउँछन् । बाहिर कुरा नगरेपनि भित्र भित्र हिरोइनहरुविच देखिने प्रतिस्पर्धा पनि मित्रता र शत्रुताको मुख्य कारण हो ।

सबैभन्दा मिल्ने भनिएका अभिनेत्री वेनिशा हमाल र रीमा विश्वकर्मा नै केही समय बोलेनन् । उनीहरु नबोल्नुको कारण त खुलेन । तर, अहिले फेरि उनीहरु आफूहरु कहिले झगडा गरेका थियौ र भन्न पछि पर्दैनन् ।

केही छिनमै बोल्ने र केही छिनमै रिसाउने हिरोइनहरुको प्रवृत्ती देखिन्छ । आखिर, हिरोइनका न शत्रु नै हुन्छन्, न मित्रु नै हुन्छन् ।

 

यो पनि पढ्नुहोस्ः

नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

भिडियो पनि हेर्नुस

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.