गायक कृष्ण श्रेष्ठको भक्ति संगीत ‘नाच कृष्ण राधासँगै’ सार्वजनिक (भिडियो)

सुत्रइन्टरटेन्मेन्ट–गायक कृष्ण श्रेष्ठको भजन गीत सार्वजनिक भएको छ । सास्त्रिय संगीतको समेत ज्ञान बटुलेका श्रेष्ठले ‘नाच कृष्ण राधासँगै’ बोलको भक्ति गीत दर्शक सामू ल्याएका हुन् । गुप्तबहादुर श्रेष्ठको शब्द तथा किशोर खतिवडाको संगीत रहेको उक्त गीतमा गायक श्रेष्ठ लगायत अन्य साथीहरुको पनि सामूहिक आबाज रहेको छ । दीपक बस्नेतले खिचेको गीतको भिडियोको सम्पादन तथा निर्देशन भने स्वयम् गायक श्रेष्ठले नै गरेका छन् ।
मुख्यतया सुगम संगीतका गीत गाउन रुचाउने श्रेष्ठले ललितकला क्याम्पसमा स्नातकोत्तर तहसम्म संगीतको अध्ययन पनि गरेका छन् । गायक श्रेष्ठमा संगीतको नशा यति छ कि जस्तो सुकै अवरोधका बाबजुत पनि उनले संगीतको यात्रालाई निरन्तर अघि बढाईरहेका छन् । उनले फुटकर रुपमा थुप्रै गीत गाईसकेका छन् । अब उनी चाँडै नै एल्वम सार्वजनिकको तयारीमा लागेका छन् ।
भिडियोः

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.