रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को मेकिग भिडियो सार्वजनिक

बलिउडका निकैनै चर्चित दुई अभिनेता रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को टिजर सार्वजनिक संगै यसको चर्चा अहिले निकैनै भईरहेको छ । एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने भएको छ ।

भारतीय मिडियाका अनुसार , फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ओभरअल बजेट ५४३ करोड हो । मंगलवार फिल्मको एउटा मेकिङको भिडियो सार्वजनिक भएको छ , जसमा फिल्म टेक्निकल एंगलको बारे देखाइएको छ ।

फिल्म ‘२.०’ मा २१ सय ५० भिएफएक्स सट्स छ, जसलाई हजार भिएफएक्स आर्टिस्ट्सले तयार गरेका हुन् । फिल्मका लागि १३ सय प्रि-भिजुअल सट्स लिइएको थियो भने कुल हजार कम्पलेक्स भिएफएक्स सट्स तयार भएको थियो ।१० कन्सेप्ट आर्टिस्ट र २५ थ्रीडी डिजाइनर्सले ५ सय क्राफ्ट्सम्यानको मद्दतबाट बनाइएको छ । यो काममा दुनियाँभरबाट ३ हजार टेक्निसियन सामेल भएका थिए ।

फिल्ममा रजनीकान्त र अक्षय कुमारका मुख्य भूमिकामा रहेका छन् भने यी दुईका अलावा ऐश्वर्या पनि फिल्ममा गेस्ट रोलमा देखिदै छिन ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.