हमालले गरे उनको ‘ड्रिम प्रोजेक्ट’बारे यस्तो खुलासा

फिल्म  ‘शकुन्तला’ मार्फत  भिन्न अबतारमा पर्दामा आएका राजेश हमाल त्यस पछि फिल्म क्षेत्रमा देखिएका छैनन्  । करिब तीन बर्ष पहिलेदेखि उनले आफै फिल्म निर्माण र निर्देशन गर्ने भनेका थिए जुन अहिले पनि चर्चामा नै रहेको छ ।

हमालले आफ्नो निर्माणमा बन्ने पहिलो प्रोजेक्ट ‘ड्रिम प्रोजेक्ट’हुने  पहिले नै बताइसकेका थिए । तर उनको फिल्म कहिले आउने हो अझैपनि पत्तो छैन । बिहिबार राजधानीमा ‘कबन्छ करोडपति’को नेपाली फ्रेञ्चाइजको औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले यस बारेमा केहि खुलासा गरेका छन् ।

उनले फिल्म ‘बागमती’ र ‘सकुन्तला’ले आशातित सफलता नदिएपछि फिल्म छनोटमा हतार नगर्ने निर्णय लिएको हुँ, हमालले भने, मैले बनाउने फिल्मको पनि यतिबेला स्कृप्टको काम भइरहेको छ  उनले बताएका छन् ।

जन्मदिनको छेकोमा पछिल्लो पटक ‘सकुन्तला’ निर्देशक दिनेश श्रेष्ठको नयाँ प्रोजेक्टमा अनुबन्ध भएको चर्चाका बीच हमालले आफु छिट्टै नै आउँने समेत बताएका छन् । ‘को बन्छ करोडपति’ (केबिसी) को सञ्चालनको जिम्मा लिएका हमालले उक्त शो सञ्चालनले फिल्मी करियरमा केहि फरक नपार्ने पनि दाबी गरेका छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.