‘डेथ सिन’लाई लिएर आमिर र अमिताभबीच विवाद

आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर केहि दिन अगाडि सार्वजनिक भएको छ । ठुलो क्यानभासमा खिचिएको यो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म ।

ट्रेलर सार्वजनिक भएसंगै फिल्मको क्लाइमेक्स दृश्यलाई लिएर मुख्य कलाकार आमिर खान र अमिताभ बच्चनबीच विवाद भएको खबर पनि अहिले बाहिरिएको छ ।

भारतीय मिडियाका अनुसार, फिल्मको ‘डेथ सिन’लाई लिएर दुई स्टारमाथी विवाद भईरहेको हो । अमिताभ र आमिरबीच फिल्मको अन्त्यमा को ‘मर्ने’ भन्ने विषयलाई लिएर अहिले विवाद भइरहेको छ ।

यस राज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन हुन् भने फिल्ममा अमिताभले खुदाबक्षको, आमिर खान ‘फिरंगी मल्लाह’ र कट्रिना ‘सुरैया जान’को भूमिकामा रहेका छन् । फिल्ममा अमिताभ बच्चनका साथ आमिर खान, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइबजस्ता कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म नोभेम्बर ८ बाट प्रर्दशनमा आउदै छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.